पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा खानेपानीको हाहाकार भएको छ।
विगत १५ दिनदेखि खानेपानीको हाहाकार भएको हो। घरका धारामा पानी आउन छाडेको छ।
कोरोना महामारीका बेला खानेपानीको समस्या हुँदा उनीहरू चिन्तित बनेका हुन्। पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ यहाँका स्थानीयलाई। बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन्। उनीहरूले बजारभन्दा टाढा रहेका बन जंगलका मूलमा धाएर पानी बोकेर ल्याउने गरेका छन्। बजारभित्र रहेका मूलमा समेत मानिसहरूको दिनभर भीड लाग्ने गर्दछ।
आफूले नारायणस्थामा ...