काठमाडौँ । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गएको समितिले प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए । साउन ७ मा चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार