नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् । सुर्खेत क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए । साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्