नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरूप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा काँग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारिता र जिम्मेवारीताका साथ क्रियाशील बन्न उनले आग्रह गर्नुभयो ।राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँद