काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले आफू मन्त्री नबन्ने र अरुलाई मन्त्री बनाउनेमा लागेको बताएका हुन्। उनले भने, ‘म मन्त्री बन्दिनँ भनेर ७ वर्ष अगाडि भनेको थिए।’ यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताए।