पुस २६, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ ।
छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए । यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो ।
अब तीन जनामध्ये एक जनाको सीईओको लागि अन्तिम नाम छनोट हुनेछ । अब उनीहरुको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ ।
सरकारले ती मध्ये एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए ।
यो पनि हेर्नुस् :
नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को - को परे छनोटमा ?
नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन