नेप्सेको सीईओ बनेका कार्कीको यस्तो छ पृष्ठभूमि

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्‍से) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अन्तिम छनोटमा परेका तीन जना मध्येबाट उनलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

सम्बन्धित सामग्री

नेप्सेको सीईओमा पाल्पाका कृष्ण बहादुर कार्की नियुक्त

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कृष्णबहादुर कार्की नियुक्त भएका छन् । कार्कीलाई १७ माघको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएपछि ८ भदौदेखि सीईओ पद खाली थियो । शेयरको भित्री कारोबार गरेको आरोप लागेपछि साउदले पदबाट राजीनामा दिएका थिए ।  ५ महिना भन्दा लामो समयदेखि रिक्त रहेको नेप्सेको सीईओ पदमा तीन जनाले प्रतिस्पर्धा गरेको थिए । प्रतिस्पर्धामा कार्की, डा. केशव श्रेष्ठ र रमेश भण्डारी थि...

को होला त नेप्सेको सीईओ ? ३ जनाको नाम छनोट

पुस २६, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि  प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ ।  छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए । यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो ।  अब तीन जनामध्ये एक जनाको सीईओको लागि अन्तिम नाम छनोट हुनेछ । अब उनीहरुको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ । सरकारले ती मध्ये एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए । यो पनि हेर्नुस् : नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को - को परे छनोटमा ? नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

नेप्सेको सीईओको लागि तीन जनाको नाम सिफारिस, यी व्यक्तिको सम्भावना बढी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले  गठन गरेको छनौट तथा सिफारिस समितिले हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका पाँच जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो। स्रोतका अनुसार सिफारिस हुनेमा डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्की रहेका छन्। हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका उनीहरु सहित प्रविण पन्दाक, रमेश घिमिरे मध्येमा समितिले डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीलाई अन्तिम तीन जनामा सिफारिस गरेको हो।    छनौट समितिले सिफारिस गरेका तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्। र तीन मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएकाले चन्द्र सिंह साउदले सीईओ पदबाट राजिनामा दिएपछि नेप्से कायम मुकायमको भरमा चलिरहेको छ। नेप्सेको सीईओ पदको लागि ११ जनाले आबेदन दिएका थिए। बिजपाटीलाई प्राप्त जानकारी अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई को संयोजक रहेका कृष्ण बहादुर कार्की अर्थमन्त्री जनार्दन शर्मा निकट भएकाले नेप्सेको सीईओमा उनको सम्भावना बढी रहेको स्रोतको दाबी छ। बुढी गण्डकी आयोजनाको उक्त इकाईको संयोजकमा पनि अर्थमन्त्री जनार्दन शर्माले नै कार्कीलाई सिफारिस गरेकाले नेप्सेमा पनि उनकै सम्भावना रहेको बताइन्छ।

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को - को परे छनोटमा ?

पुस २३, काठमाडौं । बजर सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति  प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । सिफारिस समितिले उक्त पदका लागि आवेदन दिएका ११ जनामध्ये मूल्यांकनका आधारमा उत्कृष्ट पाँच जना छनोट गरिएको बताएको छ ।  छनोट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् । छनोटमा परेका उम्मेदवारहरुका लागि  आगामी आइतवार कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको  स्रोतले बताएको छ । अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि यसअघि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्। नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।  समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।  मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई चार वर्षका लागि सीईओ नियुक्ति  गर्ने छ। बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर भित्री कारोबारमार्फत् खरीद गरेको आरोप लागेपछि नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद राजीनामा दिएर बाहिरिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । गत भदौ महीनादेखि  बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् ।  नेप्सेको प्रमुख बन्नका लागि अहिले छनौट भएका ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । यो पनि हेर्नुस् : नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

यी ५ मध्ये १ जना नेप्सेको सीईओ बन्ने पक्का, सर्टलिस्ट तयार, आइतबार अन्तर्वार्ता

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । जस अनुसार समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा, रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।सर्ट लिस्टमा परेका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो नेप्से प्रमुख बनाउन ठूला खेलाडी लागि परेको बताइन्छ।   नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, रमेश घिमिरे र छवीराज पन्त रहेका थिए। नेप्सेका सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

कहाँ पुग्यो नेप्सेको सीईओ नियुक्ति प्रक्रिया ?

१४ पुस, काठमाडौं । शेयर बजारको फ्रन्टलाइनर रेगुलेटरको रुपमा रहेको नपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अलमलमा परेको छ । दैनिक बजार सञ्चालन गर्ने नेप्से प्रमुख कार्यकारी अधिकृतविहीन बनेको ५ महिना बढी भइसक्दा पनि चाँडो नियुक्त गर्न सरकारले चासो देखाएको छैन । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले ८ भदौमा […]

नेप्सेको सीईओका लागि ११ जनाले दिए आवेदन

कात्तिक २८, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा आइतवार अन्तिम दिनसम्ममा ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्। नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । नेप्सेको सीईओ पदका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेले पनि आवेदन दिएको पाइएको छ । अर्थ मन्त्रालयले  बजार सञ्चालकको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ ।  समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्नेछ । यो पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको छ। नेप्सेको प्रमुख बन्नका लागि अहिले ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् ।  गत भदौ महीनादेखि  बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् । यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ? पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो

नेप्सेको सीईओ र धितोपत्र बोर्डको अध्यक्षमा कसले मार्ला बाजी ? यी हुन् आकांक्षी

अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार, यो पटक नेप्से र धितोपत्र बोर्डमा राजनीतिक भागबण्डा हुने निश्चित छ । स्रोतका अनुसार नेप्सेमा माओवादी र धितोपत्र बोर्डमा कांग्रेसनिकटले नियुक्ति पाउने छन् ।