अर्थ मन्त्रायलयले नेपाल धितो बोर्ड (सेबोन)को अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया सुरु भएको छ । सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङगाना बर्खास्तपछि उक्त पद खाली छ । यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ ।