जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधि पसल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा आज भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो । अवैधरुपमा खुलेका औषधि पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानवीय स्वास्थ्य नै जोखिममा परेको जनाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुँदा जुम्लामा लामो समयदेखि यसरी नै अवैधरुपमा औषधी पसलहरु चलिरेहका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्न