बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।