गाेरखाकाे गण्डकी गाउँपालिका अध्यक्षमा माओवादीका तिमिल्सिना विजयी

गाेरखा – गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी हुनुभएको छ । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ६ हजार तीन सय २६ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका होमबहादुर रानामगरले चार हजार ६ सय ५५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अधिकारीले चार हजार आठ सय २१ मत र उहाँका प्रतिस्पर्धी जसपाका भीमनारायण श्रेष्ठले चार हजार ४४ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाकाे आठ वटा वडामध्ये माओवादी केन्...

सम्बन्धित सामग्री

गोरखाको गण्डकी गाउँपालिका केन्द्र विवादले प्रशासनिक भवन निर्माण नै अन्योलमा

२ असोज, गोरखा । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा परेको छ । त्यही कारण भवन निर्माणका लागि पटक पटक ठेक्का आह्वान गरे पनि रद्द हुँदै आएको छ । पछिल्लो पटक गत साउन २३ गते प्रशासनिक भवन निर्माणका लागि आह्वान गरिएको […]

गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक  ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक  सामाजिक से

गण्डकी गाउँपालिका अध्यक्षले विद्यालयलाई दिए आफ्नो पहिलो भत्ता

गत वैशाखमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका वेला दीपक तिमिल्सिनाले गण्डकी गाउँपालिकाको अध्यक्षमा आफू निर्वाचित भए पाँच वर्षसम्म पाउने भत्ता र अन्य सुविधाको सम्पूर्ण रकम सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका थिए...

गण्डकी गाउँपालिका अध्यक्षको पहिलो कदम: प्रशासकिय र वडा भवनको ठेक्का रद्ध

गोरखाको गण्डकी गाउँपालिकाले यस अघिको निणर्य उल्ट्याउँदै गाउँपालिकाले प्रशासकिय भवन र वडा कार्यालय भवन निर्माणका ठेक्का रद्ध गरेको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिएको भोलिपल्टै दुइ वडा वडा र प्रशासनिक भवनको ठेक्का रद्ध गरिएको हो।...

गोरखाको गण्डकी गाउँपालिका–३ मा काँग्रेसका पन्त विजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा सुवास पन्त विजयी भएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार उनी ७६७ मतका साथ विजयी भएका हुन् । अन्तिम मतगणनाअनुसार उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हरिप्रसाद पन्तले २२२ मत पाए भने नेकपा एमालेका धनबहादुर बराम १८३ मतका साथ तेस्रो भए । सोही वडामा सदस्यमा माओवादी केन्द्रका कमानसिंह चेपाङ र इन्द्रबहादुर पुलामी मगर निर्वाचित हुँदा महिला सदस्यमा माओवादीकै शान्ति श्रेष्ठ तथा दलित महिला सदस्यमा पनि माओवादीकै सुनिता सुनार विजयी भए ।

गोरखाको गण्डकी गाउँपालिकामा एमालेका भण्डारी एक मतान्तरले विजयी

जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा नेकपा (एमाले) का उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी भएका छन् ।उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रले ३५५ मत प्राप्त गरेको छ ।

गण्डकी गाउँपालिकाको अध्‍यक्षमा माओवादीबाट दीपक तिमल्सिनाको मनोनयन दर्ता

१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् । गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि […]

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस

नेकपा माओवादी केन्द्रको गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई  सर्वसम्मत रुपमा सिफारिस गरेको हो।उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए।

गण्डकी गाउँपालिकाले सञ्चालन गर्‍यो कोभिड अस्पताल

गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकमाकोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । डाक्टर, नर्ससहितको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।...