गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक सामाजिक से