नेकपा माओवादी केन्द्रको गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो।उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए।