प्रभावकारी बन्दै हर्न निषेध अभियान - Naya Patrika

झापामा हर्न निषेध अभियान प्रभावकारी बन्दै गएको छ । ध्वनी प्रदुषण कम गर्ने उद्देश्यले पूर्वमा गत असोज महिनादेखि हर्न निषेध अभियान सुरु गरिएको थियो । प्रदेश १ का सबै जिल्लामा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

रौतहटमा प्रेसर हर्न निषेध

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रौतहटमा प्रेसर हर्न बजाउन निषेध गरेको छ । सवारी साधनमा प्रेसर हर्न निषेध गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ दिने अभियानमा ३ सय ५० वटा सवारी साधनबाट प्रेसर हर्न निकालेको छ । ट्राफिक प्रहरीले मधेश प्रदेशमै प्रेसर हर्न हटाउने अभियान थालेको हुदा रौतहटमा पनि सो अभियान चलाइएको […] The post रौतहटमा प्रेसर हर्न निषेध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनले बताए । केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे साउन्ड सिस्टम र सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्र महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए । महानगरले सरसफाइ, फुटपाथमा निर्माण लगायतका सामग्री राख्न नियन्त्रण, सडकमा पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए । पार्किङस्थल व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनको भनाइ छ । महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन उनले आग्रह गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य शहरको रूपमा स्थापित गर्नुपर्छ,’ मेयर कोइरालाले भने, ‘शहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने विश्वास लिएको छु,’ उनले भने । ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । प्रेसर हर्न बजाउन निषेध गर्दा शान्त र सभ्य शहरको रूपमा विराटनगर स्थापित हुने कार्कीले बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ट्राफिक प्रहरीसँगको सहकार्यमा वैशाख १ देखि प्रेसर हर्न निषेध गर्ने तयारी गरिएको जानकारी दिए । महानगरले वैशाख १ देखि नै सार्वजनिकस्थल हरूमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गरेको छ ।

तिलाेत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्धन एवम् नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच वटा कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरपालिकाका मेयर रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गर्नुभएको हो । मेयर खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुटखाजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी...

सर-सफाई अभियानको एक सयौँ श्रृंखलामा तिलोत्तमामा पाँच घोषणा

नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरेका ह...

तिलोत्तमामा वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा

लुम्बिनी– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गरेका हुन् । नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता […]

सडक सभ्यताका लागि ‘नो हर्न’

पछिल्ला दिनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासमेतको सहकार्यमा उपत्यकामा ‘नो हर्न’ कार्यक्रम प्रभावकारी बनाउन अभियान सञ्चालन गरिरहेको छ। यस्तै प्रकृतिको ‘हर्न निषेध’ अभियान सरकारले करिब साढे पाँच वर्षअघि तामझामका साथ सञ्चालन गरेको थियो। हर्नका कारण सवारीसाधनबाट उत्पन्न हुने ध्वनिले उपत्यकामा ध्वनि प्रदूषण बढेको ठहरसहित यसमा कमी ल्याउने अभीष्टका साथ तत्कालीन समयमा अघि सारिएको यो अभियान प्रभावकारी देखिएको थियो।

प्रदेश १ मा हर्न निषेध

प्रदेश १ मा सोमबारदेखि हर्न निषेधित अभियान सुरू भएको छ। प्रदेशको १४ वटै जिल्लामा सवारीसाधनले हर्न बजाउन नपाउने भएका छन्।

ट्राफिकको प्रेसर हर्न निषेध अभियान - Purbeli News

इनरुवा / ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा आजबाट प्रदेशभर एकसाथ अभियान थालिएको छ । सोही अनुरुप मातहतका कार्यालयले राजमार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम संचालनमा ल्याएका छन् । जस अनुरुप ट्राफिक प्रहरीले सवारी चालकहरुलाई आदर सहित अनुरोध गर्न थालेको...

झापामा प्रभावकारी बन्दै हर्न निषेध अभियान - Naya Patrika

झापामा हर्न निषेध अभियान प्रभावकारी बन्दै गएको छ । ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले पूर्वमा असोजदेखि हर्न निषेध अभियान सुरु गरिएको थियो । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन...पूरा पढ्नुहोस् »

प्रदेश १ मा नो हर्न अभियान : २५ दिनमा झण्डै ३ लाख राजश्व

सुमन तिमल्सिना/उज्यालो ।  विराटनगर, कात्तिक ६ – प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाइने गरी गएको असोज १ गतेदेखि लागु भएको हर्न निषेध अभ...