वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनले बताए । केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे साउन्ड सिस्टम र सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्र महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए । महानगरले सरसफाइ, फुटपाथमा निर्माण लगायतका सामग्री राख्न नियन्त्रण, सडकमा पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए । पार्किङस्थल व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनको भनाइ छ । महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन उनले आग्रह गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य शहरको रूपमा स्थापित गर्नुपर्छ,’ मेयर कोइरालाले भने, ‘शहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने विश्वास लिएको छु,’ उनले भने । ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । प्रेसर हर्न बजाउन निषेध गर्दा शान्त र सभ्य शहरको रूपमा विराटनगर स्थापित हुने कार्कीले बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ट्राफिक प्रहरीसँगको सहकार्यमा वैशाख १ देखि प्रेसर हर्न निषेध गर्ने तयारी गरिएको जानकारी दिए । महानगरले वैशाख १ देखि नै सार्वजनिकस्थल हरूमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गरेको छ ।

सम्बन्धित सामग्री

‘कार्टुन्ज क्रु’ काे वेबसिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ।...

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – वैशाख १, २०८०

The post राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – वैशाख १, २०८० appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैशाख १ देखि १४ गतेसम्म नयाँ भर्ना अभियान, भोलि ‘नारा’ तयार हुँदै

काठमाडौं : देशभर वैशाख १ गतेदेखि नयाँ भर्ना अभियान शुरु हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले यो अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुने जानकारी दिए।शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत

वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने

काठमाडौं । वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले अनलाइनखबरलाई जानकारी दिए । जसअनुसार फिल्म (भाषाभाषीसहित)मा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा पाँच हजार […]

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने

काठमाडौं । आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ । घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ । यस्तोमा सोही मितिमा अर्को प्रतीक्षित फिल्म आउने निश्चित छ, […]

ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको […]

निलम्बित प्रधान न्यायाधीश जबराले पाउँदै छन् वैशाख १ गते पदक

काठमाडौँ- सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ वैशाख १ गते पदक दिने भएको छ। गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख १ गते वितरण गर्न लागेको हो। वैशाख १ गते पदक पाउनेहरुको सूची गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। उक्त सूचीअनुसार जबराले महा उज्वल […]

वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था

काठमाडौँ । आगामी वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था गरिने भएको छ । विशेष अदालतको चैत १३ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यो सेवा लागू भएसँगै सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइनबाटै तारिख बुझ्न पाउने भएका हुन् । सूचनामा भनिएको छ, ‘२०७९ वैशाख १ गतेदेखि […]

वैशाख १ देखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्।मन्त्री आलेले फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ देखि गौतमबुद्ध विमानस्थल शुभारम्भ गरिने खुलासा गरेका हुन्। विमानस्थल निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडबडीबाट परीक्षण उडान गरिने बताए।उनले यान्त्र

सरकारले नयाँ नक्साअंकित विभूषण वैशाख १ गते प्रदान गर्ने

काठमाडौं : गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ।मन्त्रालयले शनिबार जारी गरेको  विज्ञप्तिमा लेखिएको छ– नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ।'यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणका लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा आएको विभिन्न सञ्चारमाध्यममा आएका समाचार