रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्धन एवम् नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच वटा कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरपालिकाका मेयर रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गर्नुभएको हो ।
मेयर खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुटखाजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी...