आगो नियन्त्रणका क्रममा घाइते बोहराको मृत्यु

सल्यान : छत्रेश्वरी गाउँपालिका–६ को इन्द्रेणी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिने क्रममा जलेर घाइते भएको रामकाँडाका ४७ वर्षीय खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको छ।  गत शनिवार घाइते भएका उनको उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पताल मंगलबार  बिहान ५ बजे मृत्यु भएको वडाध्यक्ष चुडामणि दसौदीले...

सम्बन्धित सामग्री

आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत बिहीवार साँझ धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको…

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]

आगो तापिरहेकामाथि टिप्पर चढ्यो, दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं : बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।  ३ जना गम्भीर घाइते भएका छन्। गएराति  भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो। दुर्घटनामा स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारको क्रममा नेपालगञ्ज नरसिंहोममा गएराति पौने १० बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते

२२ पुस, काठमाडौं । झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । बुधबार राति  मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

धानमा लागेको आगो घरमा सल्किँदा एक बालिकाको मृत्यु, एक बालक घाइते

वीरगञ्ज– रौतहटमा मंगलबार दिउँसो थुपारेर राखिएको धानमा लागेको आगो घरमा सल्किँदा एक बालिकाको मृत्यु भएको छ। आगलागीबाट एक बालक घाइते भएका छन्। रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बरगिनियाँमा भएको आगलागीमा परी सोही स्थानका जोकु राय यादवकी ३ वर्षीया छोरी अराध्या कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। आगोमा जलेर सोही स्थानका सञ्जिव साहका २ वर्षीय छोरा […]

आगो निभाउने क्रममा एक जनाको मृत्यु

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

१७ माघ, खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले […]