आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

१७ माघ, खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले […]

सम्बन्धित सामग्री

आगोले जलेर वृद्धाको मृत्यु

संखुवासभा :  संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ।घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा अचानक आफनै कपडामा आगो सल्किएको थियो। जसले गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।गम्भिर अवस्थामा उनलाई आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आगो ताप्दा जलेर वृद्धाको मृत्यु

पाल्पा : बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११, सिसौटिया बस्ने ७५ वर्षीया बृद्धा देवकली देवी रहेकी छन् । घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी बृद्धाको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी […] The post आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीमा आगोबाट जलेर वृद्धाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर १ वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली साहदेवी रहेकी छन् । अत्यधिक जाडोका कारण बुधवार राति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।...

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु

सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा  तापेकाे आगाे एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनकाे उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाए

महोत्तरीमा आगोमा जलेर वृद्धाको मृत्यु

३ मंसिर, जनकपुरधाम । महोत्तरीमा आगोमा जलेर एक  वृद्धाको मृत्यु भएको छ । घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी देवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर […]

आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु

तेह्रथुम / आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका– ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको हो । सोमबार बिहान घर नजिकै आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो ।बासझ्याङमा आगो सल्किएपछि निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा... The post आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु appeared first on Purbeli News.

कञ्चनपुरमा जलेर वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।‘वृद्धा जलेको जनप्रतिनिधिले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।’ उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’

आगो ताप्दा जलेर धनकुटामा ८८ वर्षीया वृद्धाको मृत्यु

धनकुटा : धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ। आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। घरमा कोही नभएको समयमा आगो ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ। परिवारले बिहान पौने ९ बजे भक्तकुमारीलाई मृत फेला पारेका थिए। शव धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एक घरमा क्षति पुगेको