लामो समयदेखि स्थगित गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिने भएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १६ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता रामशरण बस्नेतले बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशसभाको अधिवेशन जेठ १६ गते दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने गरी संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्ले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आ...