२५ वैशाख, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान सिफारिस गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ […]