गण्डकी सरकारद्वारा गोरखालाई आठ हजार ६५५ थान एन्टिजेट किट प्रदान

गोरखा : गण्डकी प्रदेश सरकारले गोरखाका विभिन्न स्थानीय तहलाई आठ हजार ६५५ सेट एन्टिजेन किट दिएको छ। मंगलबार गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा कानुनमन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख नरजंग ठकुरीलाई हस्तान्तरण गरेका हुन्।एन्टिजेन किटबाट  गरिएको परीक्षणबाट तत्काल कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ। प्रदेशभरका ११ वटै जिल्लामा आवश्यकताअनुसार किट वितरण गरिने मन्त्री बस्नेतले बताए।गोरखामा पिसिआर रिपोर्ट ढिलो आउँदा कोरोना परीक्षणको दर केही

सम्बन्धित सामग्री

ओलम्पियन खेलाडीहरुलाई गण्डकी सरकारको सम्मान

२३ फागुन, काठमाडौं । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले बुधबार नगदसहित सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ९ खेलाडीलाई वार्षिक ५ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट ६० हजार रुपैयाँ प्रदान गरेका हुन् । नेपाल ओलम्पियन संघको पहलमा गण्डकी प्रदेशले आफ्ना प्रदेशमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बागलुङका भगवती खत्री, गोरखाका टिकाबहादुर […]

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिंचाइ

गण्डकी : गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ। कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो।ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ६१ हजार आठ सय ५९ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेकामा पछिल्ला पाँच वर्षमा थप चार हजार सात सय आठ हेक्टरमा सिँचाइ विस्तार भएको हो। गत आवमा मात्रै आठ सय ९५ हेक्टर सिञ्चित क्षेत्र थपिएको मन्त्रालयको योजना महाशाखा

करिब ४ हजार पदका लागि १२ हजार उम्मेदवार, तथ्यांकमा गण्डकी प्रदेश

काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन हजार ९६५ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्।  एक महानगरपालिकासहित २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुखसहित ७६९ वडाध्यक्ष निर्वाचित हुँदैछन्। यस निर्वाचनमा तीन हजार ३६ वडा सदस्यसमेत निर्वाचित हुँदैछन्।  तीन हजार ९६५ जनप्रतिनिधिका लागि १२ हजार ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। …

गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

१८ फागुन, चितवन । गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने […]

गण्डकी प्रदेश: कोरोनाबाट अभिभावक गुमाएका बेसहारा बालबालिकालाई मासिक पाँच हजार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ।

गण्डकी प्रदेशमा ३ हजार मेट्रिक टन धानमा क्षति

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३ हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा १ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित ३ हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिइन् । कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला–जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरू र पालिकाहरूबाट संकलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा २ हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याइ...

गण्डकी प्रदेशमा १ लाख ५ हजार सुकुम्बासी

गण्डकी प्रदेशमा करिब १ लाख ५ हजार सुकुम्बासी भेटिएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग समक्ष गण्डकी प्रदेशका १ लाख ४ हजार ९ सय ९७ जनाले सुकुम्बासी रहेको दाबी गर्दै जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् ।...

गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक

कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लामा दोस्रो चरणका लागि १ लाख ६६ हजार ५ सय ४१ जनालाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुपर्ने अवस्था छ । प्रदेशमा २ लाख १५ हजार ८ सय १ जनाले पहिलो चरणको खोप लगाए पनि हालसम्म ४९ हजार २ सय ६० जनाले मात्र दोस्रो चरणको खोप लगाएको गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति […]

गण्डकी प्रदेशमा संक्रमितको संख्या ८५ हजार, सबैभन्दा कम मनाङमा

काठमाडौं, ९ असार । गण्डकी प्रदेशका ११ जिल्लामा कोरोना भाइरसका संक्रमित रहेका छन् । सबैभन्दा धेरै कास्कीमा २१ हजार बढी र सबैभन्दा थोरै मनाङमा ६७ जना संक्रमितको संख्या रहेको छ । सबैभन्दा धेरै कास्की जिल्लामा २१ हजार ९९० जना संक्रमितको संख्या रहेको छ । संक्रमित मध्ये १२ हजार ६५७ जना पुरुष र ९ हजार ३३३ […]

गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  प्रदेशका ९ वटा जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा ७७३ महिला र ९६० जना पुरुषमा कोरोना संक्रमण देखिएको