पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । प्रदेशका ९ वटा जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा ७७३ महिला र ९६० जना पुरुषमा कोरोना संक्रमण देखिएको