गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक

कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लामा दोस्रो चरणका लागि १ लाख ६६ हजार ५ सय ४१ जनालाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुपर्ने अवस्था छ । प्रदेशमा २ लाख १५ हजार ८ सय १ जनाले पहिलो चरणको खोप लगाए पनि हालसम्म ४९ हजार २ सय ६० जनाले मात्र दोस्रो चरणको खोप लगाएको गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति […]

सम्बन्धित सामग्री

आगामी ६ महिनाभित्र गण्डकीका १५ लाखलाई निःशुल्क खोप : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले बिहीवार दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले खोपबारे बताएका हुन् । हालसम्म ८ लाख मानिसलाई पहिलो र ३ लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध...

१७ लाख ८२ हजारको लक्ष्य, एक लाख ६५ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सोमबार स्वास्थय तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसमध्ये हिजो (फागुन २३ सम्म) उक्त संख्यामा खोप लगाइएको हो । आज (सोमबार) को विवरण आउन बाँकी छ। जसमध्ये प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्। गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरिएको हो ।

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।