रूपन्देहीको तिलोत्तमा–११ मा पोखरीको जग्गा मासेर वडा कार्यालय भवन निर्माण गरिएको छ । यसरी भवन बनाउँदा पोखरीको महत्त्वमाथि नै आक्रमण भएको भन्दै पुरातत्त्व विभागले निर्माण रोक्न नगरपालिकालाई गत वर्ष नै पत्र पठाएको थियो । तर त्यसविपरीत भवन तयार भएको हो ।