काठमाडौं : सम्पदा संरक्षण अभियन्ताहरूले ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएकाे व्यापारिक छायाँदेवी कम्प्लेस भवन भत्काउनुपर्ने माग गरेका छन्। पहुँच र शक्तिको आडमा ऐतिहासिक पोखरी मासेर व्यापारिक भवन बनेको भन्दै उनीहरूले उक्त भवन भत्काउन निरन्तर माग गर्दै आएका छन्।सम्पदा प्रेमी समाज,नेपालको आयोजनामा पनि उनीहरूले उक्त व्यापारिक भवन भत्काउन माग गर्दै गत शुक्रबार काठमाडौंमा जनप्रदर्शन गरेका थिए। कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायाँदेवी कम्प्लेस भवन ठडिएको छ।