जात व्यवस्था उन्मूलन मोर्चाको अध्यक्षमा डोलराज विश्वकर्मा, महासचिवमा रुपा सुनार चयन

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’ले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भातृ संगठन जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा सम्पन्न सम्मेलनले डोलराज विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल र ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । अध्यक्ष मण्डलबाट ६-६ महिना चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी […]

सम्बन्धित सामग्री

रुपा सुनार प्रकरण : घरबेटी प्रधान धरौटीमा रिहा

जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्किएकी हुन् ।  सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान

रुपा सुनार प्रकरण : कृष्णगोपालमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले पच्चीस दिनभित्र निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बिहीबार उक्त घटनाको अनुसन्धान गर्न आदेश जारी गरेको हो ।जातीयताका कारण घरभाडामा दिन इन्कार गरेर आरोप अनुसन्धानका क्रममा रहेकी बबरमहलका घरबेटी सरस्वती प्रधान तत्कालीन शिक्षा, विज्ञान तथा  प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठका उपस्थितिमा उनकै सरकारी सवारी साधनमा लगिएको भनिएकाले रीतपूर्वक जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष अ

रुपा सुनार प्रकरणमा पूर्व शिक्षामन्त्री विरुद्ध जाहेरी दर्ता गर्न आदेश

रुपा सुनार विभेद प्रकरणमा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।   न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । ३१ ...

रुपा सुनार प्रकरणमा कृष्ण गोपालसहित दुबै पक्षलाई सर्वोच्चले बोलायो

सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । साथै विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन मनासिव देखिएकाले अदालतले अग्राधिकार समेत दिएको छ । सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्

म रुपा सुनार, सरस्वती प्रधान, प्रहरी वा प्रधानमन्त्री भएको भए …

कसैलाई आफ्नो परिस्थिति बुझाउन भन्ने गरिन्छ, ‘मेरो ठाउँमा उभिएर हेर्नु ।’ अंग्रेजीमा पनि एउटा भनाइ छ जसको नेपाली भावार्थ हुन्छ, ‘अर्काको जुत्ता लगाउनु ।’ अर्थात्, कसैको अवस्थाको अनुकरण गर्न सके मात्रै घटनाको यथार्थ बुझ्न सकिन्छ । अझ सजिलो गरी भन्दा, त्यो ठाउँमा म भएको भए के गर्ने थिएँ वा के सोच्ने थिएँ भन्ने कुराले निश्कर्षमा […]

सर्वोच्च अदालत पुगिन् रुपा सुनार

सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै रिट निवेदन दायर गरेकी छिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । रिट निवेदनमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि क...

रुपा सुनार प्रकरणमा कृष्णगोपालले स्वीकारे गल्ती

जातीय विभेदसम्बन्धी घटनामा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठसँग राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गरेको छ । आयोगसँगको छलफलमा श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकारेका छन् । ‘जातीय विभेद जस्तो अमानवीय र संवेदनशील घटनाका दोषीलाई नेपाल सरकारका मन्त्रीले सरकारी गाडीमा राखेर प्रहरी कार्यालयबाट घर लगेको विषयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग आयोगले छलफल गरेको र सो क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डा सहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा म

रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी समाचार लेख्ने ६ अनलाइन बन्द गर्ने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया... The post रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द appeared first on Purbeli News.

रुपा सुनार प्रकरणमा : ६ अनलाइन कारबाहीमा

प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड  खाएको जस्ता लाञ्छना लगाएका थिए ।     यही असार १ गते...

रुपा सुनार प्रकरणमा बोल्यो काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको एक घटनामा एक मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनता रहेको भन्दै यसले गम्भीर प्रश्न उठाएको आरोप लगाएका छन् । घटनाको अनुसन्धान, कारवाही र समाधानको एउटा निश्चित विधि हुने उल्लेख गर्दै उनले राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै पनि कोणबाट तार्किक र न्यायोचित नहुने टिप्पणी गरेका छ...