जातीय विभेदसम्बन्धी घटनामा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठसँग राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गरेको छ । आयोगसँगको छलफलमा श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकारेका छन् । ‘जातीय विभेद जस्तो अमानवीय र संवेदनशील घटनाका दोषीलाई नेपाल सरकारका मन्त्रीले सरकारी गाडीमा राखेर प्रहरी कार्यालयबाट घर लगेको विषयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग आयोगले छलफल गरेको र सो क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डा सहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा म