प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको एक घटनामा एक मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनता रहेको भन्दै यसले गम्भीर प्रश्न उठाएको आरोप लगाएका छन् ।
घटनाको अनुसन्धान, कारवाही र समाधानको एउटा निश्चित विधि हुने उल्लेख गर्दै उनले राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै पनि कोणबाट तार्किक र न्यायोचित नहुने टिप्पणी गरेका छ...