काठमाण्डौ – असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ ।
मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ ।
कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि उहाँले ज...