चीनका अनुसन्धानकर्ताले एउटा यस्तो प्राचीन खप्परलाई संसारसामू पेश गरेको छ जुन पूर्ण रुपमा एक नयाँ प्रजातिको मानव हुनसक्ने दाबी गरिएको छ ।यी अनुसन्धानकर्ताले यो हालसम्म पहिचान गरिएको हाम्रो सबैभन्दा नजिकको बंशज जस्तै नियेन्डरथल वा होमो इरेक्टसको तुलनामा पनि धेरै नजिक भएको दाबी गरेका छन् ।मानिसको यो प्रजाति जसलाई ड्र्यागन म्यान भनिएको छ, आजभन्दा एक लाख ४६ हजार वर्ष अघि पूर्वी एशियामा बस्ने गर्दथे ।यो खप्परको खोज नर्थ इस्ट चाइना अर्थात् उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मा भएको थियो । तर वैज्ञान