सन् २००३ मा पुरातत्वविद एशियाबाट अष्ट्रेलियामा आधुनिक मनुष्यको प्रवासको प्रमाण खोजिरहेका थिए । यतिबेला इन्डोनेशियाको फ्लोर्स आइल्याण्डमा उनीहरुले लोप भइसकेका मानव प्रजातिको एउटा सानो तर करिब करिब पूर्ण कंकाल भेटे । यसलाई होमो फ्लोरेसेन्सिसको नामले चिनिन्छ । यो प्रजातिबारे जेआरआर डट टल्केनको किताब ‘द हबिट’ मा पनि गरिएको छ ।
यो प्रजाति करिब १२ हजार वर्ष अघिसम्म जीवित भएको हुनसक्ने अनुमान गरिएको थियो तर पुनः अनुसन्धान गरेपछि यो ५० हजार वर्ष अघि जीवित भएको तथ्य फेला पर्यो । तर अलबर्टा युनिभर्सिटीमा मानव विज्ञानका अवकाशप्राप्त प्राध्यापकका अनुसार प्रजातिको अस्तित्वलाई नजरअन्दाज गरिएको हुनसक्ने वा हबिट अहिलेसम्म पनि जीवित हुनसक्ने अनुमान गरेका...