पुरुष सबैभन्दा जोखिमपूर्ण ‘मानव प्रजाति’ बन्छ

म कक्षा ९ मा हुँदाको कुरा हो । ९ कक्षाको पहिलो त्रैमासिक परीक्षा सकिएको थियो । हामी नतिजा कुर्दै थियौं । अहिले त्रैमासिक, अर्धवार्षिक परीक्षाहरूको नतिजा कसरी विद्यार्थीको हात लगाइन्छ भन्ने बारेमा म जानकार छैन तर हामी स्कूलमा हुँदा विषयगत शिक्षकले आफ्नो घण्टीमा नम्बर सुनाउने गर्दथे । हरेक विषयका शिक्षक कक्षामा छिर्दा शिक्षकको हातमा फाइल […]

सम्बन्धित सामग्री

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।  १२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।  ‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।   यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’ हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो ।  निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस

नेपाल जोखिमपूर्ण सूचीमा परेमा कस्तो असर हुन्छ ?

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमपूर्ण मुलुकमा सूचीकृत भयो भने धेरै दृष्टिकोणबाट असर पर्छ । पहिलो, नेपालमा आउने वैदेशिक सहायता र अनुदानहरु प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । दोस्रो, नेपालमा भित्रिने वैदेशिक लगानीकर्ताहरु निरुत्साहित हुन्छन् । तेस्रो, नेपालको पासपोर्ट कमजोर बन्छ र अरु मुलुकहरुले शंकाको नजरमा हेर्छन । हामीलाई भिसा दिने मामिलामा पनि कतिपय मुलुकहरुले आफ्नो नीति […]