कोरोनाविरुद्धको लडाइँमा प्रविधि क्षेत्रको साथ

रोगव्याधीको न जात हुन्छ, न धर्म नै । न त देशको सीमानाको बारले छेकेर छेक्न सकिन्छ । कोरोना (कोभिड–१९) भाइरसले विश्व मानव प्रजाति माथि नै आक्रमण गरेको महसुस विश्व समुदायले गरेको छ र सबै क्षेत्रमा कोरोना विरुद्ध अभियानहरू संचालनमा आएका छन् । पछिल्लो दशकमा द्रुत गतिमा विश्वभर फैलिइरहेको सूचना प्रविधि क्षेत्र पनि कोरोनाबाट अछुतो रहेन । सूचना प्रविधिको विस्तारमा कोरोनाको नकारात्मक प्रभाव त छँदैछ तर कोरोना विरुद्धको लडाइँमा प्रविधि क्षेत्रको साथ र सहयोग पनि सराहनिय बन्न थालेको छ ।