अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् ।करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय भने निर्माण युनिटले गोप्य राखेको छ ।कोरोनाको पहिलो भेरियन्ट अगाडि फिल्म ‘दुई नम्बरी’ अभिनय गरेकी बर्षाले त्यसपछि यो फिल्म अभिनय गर्न लागेकी हुन् ।