रणवीर र श्रद्धाको फिल्म सेटमा तोडफोड

अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन् ।रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका छन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन