ट्रम्पले भने —दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ

एजेन्सी, न्युयोर्क, १४ जेठ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘हाम्रो संसारमा दुष्टताको […]

सम्बन्धित सामग्री

भरूवा बन्दुक बरामद

‍‍‍‍‍‍‍‍‍‍‍‍‍कालिकोट, तिलागुफा नगरपालिका-९ स्थित शिवालय सामुदायिक वनबाट भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट चिलखायाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बन्दुक छाडी फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक बरामद

नेपालगञ्ज- राप्तीसोनारी गाउँपालिका वडा नं. ५, चाचरफर्कस्थित कन्या राजा सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ। सोही सामुदायिक वनका चौकीदार माघु थारुले भरुवा बन्दुक देखेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय, बैजापुरबाट गएको प्रहरी टोलीले बन्दुकलाई नियन्त्रणमा लिएको हो। एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा थियो। चोरी शिकारीले बन्दुक लुकाएर राखेको आकलन गरिएको छ। प्रहरीले […]

अधिकांश अमेरिकी बन्दुक मालिक बन्दुक ‘अनलक’ राख्छन् : फोर्ब्स

प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैँ तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ । फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार आपत्कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक...

सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

सिरहामा बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको छ । शुक्रबार सिरहा प्रहरीले  मिर्चैया नगपालिका ९ कमल दह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।सो क्षेत्रमा केही व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले २ थान बन्दुक बरामद गरेका हुन्  । घुम्ने व्यक्ति बन्दुक फालेर भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिप्रसाद वलीले जानकारी दिए । बन्दुक फालेर भागेकाहरूको खाजी भइरहेको उनले जानकारी दिए ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ । बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन...

राप्तीसोनारीमा बेवारिसे भरुवा बन्दुक फेला

काठमाडौं : बाँकेको राप्ती सोनारी गाउँपालिकामा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। राप्तीसोनारी-१ स्थित रानीमुते खोलामा एक नाल बेवारिसे भरुवा बन्दुक फेला परेको नेपाली सेनाले जनाएको छ।बाँके राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनवाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त टोलीले बन्दुक फेला पारेको हो। फेला परेको बन्दुक निकुञ्ज प्रशासन कार्यालयमा बुझाएको सेनाले जनाएको छ।

भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ

मोरङ, २१ भदौ । भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा आइतबार साँझ पक्राउ परेका हुन्। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने […]

जंगलमा भेटियो पाँच वटा बन्दुक

काठमाडौंः जंगलमा फ्याँकिएको अवस्था प्रहरीले तीन वटा भरुवा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालय चिसापानी, स्याङजाबाट खटिएको टोलीले हरिनाश गाउँपालिका कुसिनडाँडा जंगलमा तीन वटा भरुवा बन्दुक फेला पारेको हो। त्यस्तै बैशाख १९ गते सोही स्थानमा थप २ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको…

खेलौनालाई साँच्चिकै बन्दुक ठान्दा...

काठमाडौं। अमेरिकाको डलासमा प्रहरीले कुनै एक व्यक्तिले आफूतर्फ बन्दुक ताकिरहेको देख्यो, जवाफमा प्रहरी गोली चलायो र ती व्यक्तिको मृत्यु भयो! तर, दुर्भाग्य ती व्यक्तिको हातमा रहेको बन्दुक नक्कली थियो, त्यो खेलौना बन्दुक थियो।प्रहरीलाई सोमबार कसैले खबर गरिदियो, डलासनजिकको आवासीय क्षेत्रमा एक व्यक्ति बन्दुक लिएर घुमिरहेको छ। सूचना पाएपछि प्रहरी उक्त क्षेत्रमा गयो र ती परिचय नखुलेका व्यक्तिलाई गोली हान्यो।(एजेन्सी)