अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् ।
सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ ।
बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन...