अधिकांश अमेरिकी बन्दुक मालिक बन्दुक ‘अनलक’ राख्छन् : फोर्ब्स
प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैँ तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ ।
फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार आपत्कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक...
काठमाडौं । फोर्ब्स अर्बपति विनोद चौधरी फिल्म निर्माता पनि हुन् । नीर शाहसँग मिलेर २०४० सालमा उनले फिल्म ‘वासुदेव’ बनाएका थिए । त्यसयता उनी फिल्म निर्माणमा फर्किएका छैनन् । यतिबेला भने सो फिल्मको दृश्य सेयर गर्दै चौधरीले पहिलोपटक फिल्म निर्माणको किस्सा सुनाएका छन् । फिल्म बनाउन आफूले १२ लाख लगानी गरेको र त्यो पैसा आफ्नो […]
चितवन । भरतपुरमा रहेको फोर्ब्स कलेजले बेलायतबाट आईएसओको प्रमाणपत्र प्राप्त गरेको छ । कलेजका झण्डै दुई दर्जन गुणस्तरीयता मापनका सूचकहरूको आधारमा बेलायतको ‘यूके इन्टरनेशनल सर्टिफिकेसन लिमिटेड (यूकेआईसीएल) ले आईएसओ प्रमाणपत्र गत महीना प्रदान गरेको हो ।
कलेजले पोल्याण्डको युनिभर्सिटी अफ कम्प्युटर साइन्सेस र स्किल्सबाट विभिन्न विषय पढाउन सम्बन्धन प्राप्त गरेको छ । संस्थाले हरेक वर्ष कलेजको अनुगमन गरेर ती सूचकहरूको अवस्थाबारे मापन गर्ने गरेको छ ।
होटल व्यवस्थापनमा स्नातक (बीएचएम) र कम्युटर विज्ञान (बीसीएस) पढाउँदै आएको कलेजका विद्यार्थीको प्रमाणपत्रमा पनि आईएसओ लोगो अंकित हुने भएकोले देश तथा विदेशमा रोजगारी र शिक्षामा सहयोग पुग्ने कलेजले विश्वास लिएको छ ।
कलेजका प्रिन्सिपल हरि पाठकले व्यावहारिक ज्ञानसहितको शिक्षा, पढ्दै कमाउने वातावरण र व्यावसायिक प्रमाणपत्र दिने काम कलेजले गरेकाले कलेज विद्यार्थीको रोजाइमा परेको बताए । ‘कम्प्युटर विज्ञानमा साइबर सुरक्षा हामीले मात्र पढाउने गरेका छौं,’ उनले भने, ‘कलेजका सय जना विद्यार्थी अहिले पनि होटलहरू र आईटी कम्पनीमा काम गर्दै पढिरहेका छन् ।’ यसको साथै विद्यार्थीहरूलाई रोजगारीको लागि समन्वय गर्दै आएको उनले बताए ।
प्रमाणपत्रमा यूकेआईसीएलले कलेजको शैक्षिक सेवा, प्राविधिक इन्टरनेटमा आधारित सिकाइ, गुणस्तरीय शिक्षा, प्राज्ञिक र अतिरिक्त क्रियाकलाप, परीक्षा, मूल्यांकन पद्धति, चमेना गृह र खानाको गुणस्तर, तालिम, कार्यशाला, आपतकालीन तयारी, प्राज्ञिक र व्यावसायिक मूल्य, मान्यतालाई हेरेर सो प्रमाणपत्र उपलब्ध गराएको उल्लेख गरिएको छ ।
काठमाडौं । पपस्टार रिहाना, जे जेड, किम कार्दसियन फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा अटाएका छन् । तर एडिडाससँग व्यावसायिक सम्झौता रद्द भएपछि कान्ये वेस्ट फोर्ब्स अर्बपतिको सूचीबाट बाहिरिएका छन् । फोर्ब्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसमा सेलिब्रिटी पनि अटाएका छन् । ‘अम्ब्रेला’ हिटमेकर रिहाना आफ्नो कस्मेटिक ब्राण्ड फेन्टी र संगीत उद्योगबाट […]
काठमाडौं । फोर्ब्स म्यागेजिनले विश्वका ५० उत्कृष्ट रेस्टुरेन्टको नाम प्रकाशन गरेको छ । विश्वभरका उत्कृष्ट ५० रेस्टुरेन्टको पहिलो नम्बरमा डेनमार्कको जेरेनियम रहेको छ । फोर्ब्सका अनुसार जेरेनियमलाई शीर्ष भोजन प्रतिष्ठानको ताज दिइएको छ । सेन्ट्रल इन लिमा, पेरुमा रहेको पहिलो साउथ अमेरिकन रेस्टुरेन्ट दोस्रो स्थानमा परेको छ भने बार्सिलोनाको डिसफ्रुस्टार तेस्रो नम्बरमा रहेको छ । […]
काठमाडौँ – फोर्ब्स म्याग्जिनको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच युवाको नाम समावेश भएको छ। नेपालका ऐश्वर्या रानी सिंह, सुजित पाठक, सुमित दाहाल, सन्तोष पाण्डे र निरज काफ्ले यस वर्षको फर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा समेटिएका हुन्। २८ वर्षीया ऐश्वर्या पुतली नेपाली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन्। महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रीत […]
फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको २०२२ को विश्वका अर्बपतिहरूको सूचीमा ३३२ जना अर्बपतिहरू प्रविधि क्षेत्रका रहेका छन् । गतवर्ष यस्तो संख्या ३६५ थियो । यद्यपि वित्तीय तथा लगानी र उत्पादन उद्योगको क्षेत्रपछि सबैभन्दा धेरै अर्बपति भएको तेस्रो आकर्षक क्षेत्र चाहिं सूचना प्रविधि क्षेत्र नै रहेको छ । वित्तीय तथा लगानीको क्षेत्रमा ३ सय ९३ जना अर्बपति […]
काठमाडौँ । नेपाली धनाढ्य विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिएका छन् । फोर्ब्स रियल टाइम आँकडाअनुसार सन् २०२१ मा २१४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ मा स्थानमा उक्लिएका हुन् । तर, उनको सम्पत्ति चाहिँ स्थिर देखिएको छ । रियल टाइम आँकडा चाहिँ थपघट भइरहन्छ । फोर्ब्सका अनुसार […]
विश्वका धनाढ्यहरुको सूची ‘फोर्ब्स’ मा समेटिएका एक्ला खर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको कार्यसमितिमा चुनिएका छन्, मधेशीहरुका लागि आरक्षित कोटाबाट। नेपालका विभिन्न जातजातिहरुमा शिक्षाको प्रसारमा ‘सफल’ व्यवशायी उमेश श्रेष्ठ ‘जनजाति’ कोटाबाट निर्वाचित भएका छन्। यी दुई निर्वाचन र त्यसको नतिजा अपवाद हैनन्। न त अवैध या गैरकानूनी नै। बरु विदेशीहरुको संरक्षण र निर्देशनमा नेपाली संविधानसभामा पर्याप्त […]
असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।
ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।
ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ ।
कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ ।
यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी