मिर्गौला पीडितलाई ६० हजार रुपैयाँ सहयोग

तनहुँको व्यास नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी अञ्जु गिरीले वडाका ३ मिर्गौला पीडितलाई शनिवार ६० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले वडाध्यक्ष तुलसीराम सापकोटाको रोहबरमा स्थानीय हृदय कुमाल, गोविन्द विक र इन्द्रबहादुर रानालाई जनही २० हजार रुपैयाँ सहयोग गरेकी हुन् । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स खरीद अभियानमा समेत गिरीले ५० हजार रुपैयाँभन्दा बढी सहयोग गरेकी थिइन् ।

सम्बन्धित सामग्री

तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग

तनहुँ – तनहुँ अमेरिका सोसाइटीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा वितरण गर्न आर्थिक सहयोग गरेको छ । सोसाइटीले तनहुँ घर भई हाल अमेरिकामा रोजगारीमा रहेका नेपालीबाट सङ्कलित रु तीन लाख ६० हजार (दुई हजार सात सय ३३ डलर) प्रदान गरेको हो । न्यानो कपडा खरिद गरी वितरण गर्नका लागि उक्त रकम पठाइएको […]

बाढीपहिरोपीडितलाई संखुवासभा समाज हङकङको ६ लाख ५१ हजार नगद सहयोग

संखुवासभा समाज हङकङले गत २ असारमा संखुवासभामा गएको बाढीपहिरोपीडितहरुलाई ६ लाख ५१ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमबीच चैनपुर नगरपालिकाको हलमा असार २ गते संखुवासभाको बाढिपहिरोबाट क्षति...

शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमका लागि मेटलाइफको सहयोग

मेटलाइफले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई दाङ जिल्लामा शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमलाई समर्थन गर्दै आर्थिक सहयोग उपलब्ध गराएको छ । यस परियोजना अन्तर्गत दाङका विभिन्न सामुदायिक विद्यालयका ५० विद्यार्थीलाई शैक्षिक सहयोगका लागि केन्द्रलाई ३ लाख ६० हजार अनुदान उपलब्ध गराइएको छ । प्राविधिक विकासको साथ, बच्चाहरूको लागि धेरै अवसरहरू र डिजिटल सिक्ने उपकरणहरू विकसित भएका छन् […]

सांघाईको कोभिड–१९ सङ्क्रमण विरुद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

सांघाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरुद्धको अभियानमा सांघाईलाई सहयोग गर्ने बताएका छन् । सांघाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् । सांघाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी […]

बालबालिकालाई पाँच हजार सहयोग

कास्की- गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग  प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार  सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले  रकम प्राप्त गर्नेछन् । वार्षिक […]

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्वय परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध

बाल आइसियु बनाउन नारायणी अस्पताललाई गैरआवासीय नेपालीको सहयोग

लण्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए । परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै […]

अक्सिजन कन्सनट्रेटर खरिदका लागि १ लाख ६९ हजार सहयोग

बर्दिया : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका ठाकुरबाबा नगरपालिकाका युवाहरुले अक्सिजन कन्सनट्रेटर खरिदका लागि एक लाख रुपैयाँ सहयोग गरेका छज्। वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा आवश्यक अक्सिजन कन्सनट्रेटर उक्त सहयोग गरेका हुन्। यस्तै, किट खरिदका लागि ६० हजार रुपैयाँ र अस्पतालका बिरामीहरुका लागि खाद्यान्न व्यवस्थापनमा ९ हजार ११ रुपैयाँ सहयोग गरेको विकासप्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले जानकारी दिए। दक्षिण कोरियामा रहेका ४५ जना युवाले उक्त रकम संकलन गरेर पठाएक

इटहरी स्थित बालआश्रममा बोके दार्हीद्वारा सहयोग हस्तान्तरण

इटहरी । पूर्वका सम्राट उपनामले लोकप्रिय रहेका श्रीकृष्ण लुइँटेल ‘बोके दार्ही’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीहरूले संकलन गरेकाे नगद तथा जिन्सी गरी ६० हजार २ सय २८ रूपैया बराबरकाे सहयोग इटहरी स्थित नि:सहाय बालबालिका सेवा आश्रमलाई प्रदान गरेको हो । आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने... The post इटहरी स्थित बालआश्रममा बोके दार्हीद्वारा सहयोग हस्तान्तरण appeared first on Purbeli News.