इटहरी स्थित बालआश्रममा बोके दार्हीद्वारा सहयोग हस्तान्तरण

इटहरी । पूर्वका सम्राट उपनामले लोकप्रिय रहेका श्रीकृष्ण लुइँटेल ‘बोके दार्ही’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीहरूले संकलन गरेकाे नगद तथा जिन्सी गरी ६० हजार २ सय २८ रूपैया बराबरकाे सहयोग इटहरी स्थित नि:सहाय बालबालिका सेवा आश्रमलाई प्रदान गरेको हो । आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने... The post इटहरी स्थित बालआश्रममा बोके दार्हीद्वारा सहयोग हस्तान्तरण appeared first on Purbeli News.

सम्बन्धित सामग्री

चौधरी फाउन्डेसनद्वारा २३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण

इटहरी। चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ। फाउन्डेसनले संकल्प सि।बि।आर। नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाधान्न सहित आवस्यक सामग्री वितरण गरिएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक १७ वर्ष पूरा गरी १८ औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा सञ्चालन गरिरहेको साताव्यापी कार्यक्रम समापन गरेको छ । बैंकले कात्तिक १३ गतेदेखि १७ औं वार्षिकोत्सव अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारी उपस्थित थिए । उक्त अवसरमा बैंक अध्यक्ष अच्युतप्रसाद प्रसाईं र प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकको आगामी योजनाबारे जानकारी दिए । बैंकले वार्षिकोत्सव अवसरमा शनिबार सुर्खेतस्थित यारीचोकमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गैरसरकारी संस्था ई–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले २ लाखको चेक हस्तान्तरण गरे । बैंकले वार्षिकोत्सव अवसरमा देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रकम स्थानान्तरण सुविधाका लागि सांग्रिला रेमिटबाट आन्तरिक विप्रेषण सेवा सञ्चालनमा ल्याएको छ । यसैबीच बैंकले सिआरएसअन्तर्गत ९ शाखामार्फत विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । बैंकका ९९ शाखामध्ये इटहरी, दार्चुला, बैतडी, गोरुसिंगे, बयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखाले विभिन्न संघ– संस्थालाई सहयोग गरेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बिमाबापत सात लाख हस्तान्तरण गरेको हो ।बैंक इटहरी शाखा प्रबन्धक शिकन्दर थापाले स्वर्गीय हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमाबापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी […]

कोभिड नियन्त्रणका लागि भाटभटेनीले इटहरी उमनपालाई दियो ५ लाख

विराटनगर : भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरी उपमहानगरपालिकालाई कोभिड सङ्क्रमणविरूद्ध लड्न सहयोग गरेको छ। इटहरीमा भाटभटेनी सुपर मार्केटका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ। भाटभटेनीका तर्फबाट कन्ट्री म्यानेजर विनोद भट्टराईले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई ५ लाख १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख…