झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह
पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।...
काठमाण्डाै - सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र आसपास केही ठाउँमा ठूलो वर्षा भएको छ ।
मरिन, लालबकैया, कर्रा खोला, रिउखोला लगायत यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, अहिले काठमाण्डौसँग जोडिएको मुख्या राजमार्ग नौबिसे – मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।
काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, काठमाण्डौको मुख्य नाका...
काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ ।
दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
कास्की - कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । यसैबीच, अहिले नौबिसे-मुग्...
काठमाण्डाै - देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022
कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022
यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी...
काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ ।
वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ ।
कुन प्रदेशमा कति वर्षा ?
लुम्बिनी प्रदेश
गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...
डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन् । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।