चितवन, पर्सा, कास्की, रुपन्देही, हेटौँडालगायत ठाउँमा ठूलो वर्षा, बाढी र डुबानको जोखिम

काठमाण्डाै - चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको  जोखिम रहेको जनाएको हो । ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र अन्य खहरे खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन सूचनाम...

सम्बन्धित सामग्री

झापा र सुनसरीमा बाढी तथा डुुबानको जोखिम

काठमाण्डाै - झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे चन्द्रागढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न...

पूर्वी क्षेत्रमा ठूलो वर्षा, केही ठाउँमा डुबानको जोखिम

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको ...