तरकारी उत्पादनका लागि मौसम अनुकूल नभएपछि बागलुङमा तरकारीको मूल्य आकासिएको छ । प्रतिकुल मौसमका कारण जिल्लामा उत्पादित तरकारीले माग धान्न नसकेपछि बाहिरी जिल्लाबाट आयात गर्दा मूल्य बढी पर्न गएको हो ।
तरकारी उत्पादनका लागि यो यामलाई बेमौसम मानिन्छ । तर पनि विगतको तुलनामा यो वर्ष तरकारीको मूल्य दोब्बर वृद्धि भएको तरकारी व्यवसायी गंगा शर्माले बताइन् । “विगतको तुलनामा यहाँ तरकारीको मूल्य निकै बढेको छ ।”