६३ जिल्ला र २ विशेष जिल्लामा एमालेको नेतृत्व चयन [नामावली]
नेकपा (एमाले) को ६३ जिल्ला र २ विशेष जिल्ला नेतृत्व चयन भएका छन् । मंगलबार अपराह्नसम्म ६३ जिल्ला र २ विशेष जिल्लाको अधिवेशनबाट नेतृत्व चयन भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने नेकपा एमाले प्रचार विभाग उपप
काठमाडौं : नेकपा एमालेले १६ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ। शुक्रबारबाट सुरु भएको जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्। यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यस्तै ता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्। को कहाँ निर्वाचित
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली जिल्लामा एमालेको नेतृत्व दाबी गर्नेहरूबीच अझै सहमति जुट्न सकेको छैन। वर्तमान अध्यक्षसमेत रहेका रतन थापा पुनः अध्यक्षमा दोहोरिनेमा दाबी गरिरहेका छन्।यस्तै, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन्। उनीहरुले पनि दाबी नछाड्ने भएपछि सहमतिमा नेतृत्व चयन गर्न सकस भएको छ।शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन
बुटवल – नेकपा (एमाले) ले लुम्बिनी प्रदेशको रुकुम पूर्वबाहेक ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिए पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले दाबी गरेका छन् । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन […]
केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । सोमबार हुने निर्वाचनमा प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा २१५३ जना महाधिवेशन प्रतिनिधि मतदान गर्नेछन् । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन् । यी हु
धनगढी : नेकपा एमालेले बिहीबारसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका ६३ स्थानीय तहमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।प्रदेशका कतिपय पालिकाहरूमा अधिवेशन सुरु भएर बन्द सत्रहरू चलिरहेका छन्। ती पालिकाहरूमा आकांक्षीहरूको संख्या धेरै भएकाले नेतृत्व चयनमा ढिलाई भएको सम्बन्धित जिल्लाका एमाले नेताहरूले बताएका छन्। यस्तै प्रदेशका कतिपय पालिकाहरूको अधिवेश
विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका
नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका […]
ओखलढुंगा– नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातिसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कटवालले बताए । जिल्लाका कुल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । […]