विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका