हेटौंडा : बागमती प्रदेश सरकारले आयु लम्ब्याउन संसदीय समिति थप्ने तयारी गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार बस्न लागेको प्रदेशसभा बैठकमा संसदीय समितिको संख्या थप गर्न प्रदेशसभा नियमावली, २०७४ संशोधन मस्यौदा समिति गठन गर्ने तयारी गरेका छन्।बागमती प्रदेशका ५ वटा संसदीय समितिलाई समेत बिजनेस दिन नसकिरहेको सरकारले आफू सुरक्षित रहनकै लागि समितिको संख्या बढाउने गृहकार्य थालेको हो। आफ्नै पार्टीबाट धरापमा परेपछि यसअघि सत्ता लम्ब्याउन मुख्यमन्त्री पौडेलले मन्त्रालय थप्ने प्रयास गरेको थियो तर