काठमाडौं। बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई बैंकहरुले १० अर्ब २१ करोड रुपैयाँ ब्याज छुट दिएको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बैंकहरुको स्वपुँजी २०७९ कार्तिक मसान्त सम्ममा ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिए।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेखको नवीकरणमा ब्याज छुट दिने भएको छ । कम्पनीले एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिन लागेको हो ।दुई वर्ष अघिदेखि व्यतीत भएका बिमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब शुल्क, ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी १३ वैशाखदेखि १५ जेठसम्मका लागि शत् प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । उक्त ब्याज छुटको लाभ […]
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई ब्याज रकम छुट प्रदान गरेको छ । संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको हो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस विषम परिस्थितिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहतस्वरुप संस्थाले १० प्रतिशत […]
काठमाडौं, १४ भदौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ प्रभावित ग्राहक सदस्यहरुलाई ब्याज छुट दिएको हो । संस्थाले नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने […]
दमक, ११ भदौ: दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामो समयसम्म कोभिडका […]
काठमाडौं, ३ असार । कोरोना महामारीलाई लक्षित गरी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी असार ३ (आज) देखि असार १५ गतेसम्म ब्याजमा छुट दिने भएको हो । कम्पनीको अनुसार बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुको हकमा ५० […]
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणी सदस्यहरुलाई कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने भएको छ ।भाखा नाघेका ऋणी सदस्यहरुलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गतेसम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । यस वित्तीय संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्र
कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रूपैयाँ बराबरको ब्याज छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशन अनुसार यस्तो छुट दिएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामार...
२१ पुस, काठमाडौं । कोरोनाको महमाकारीका कारण समस्यामा परेका ऋणीहरुलाई करिब १३ अर्ब रुपैयाँ ब्याज छुट दिएका छन् । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुमा परेको असर र बैंकहरुले दिएका सुविधाहरुबारे नेपाल राष्ट्र बैंकले एक प्रतिवेदन बनाएर सरकारलाई बुझाएको छ । अर्थमन्त्रालयलाई बुझाएको उक्त प्रतिवेदनअनुसार बैंकहरुले ब्याज छुटमात्रै १२ अर्ब २५ करोड रुपैयाँ र ५५ […]