के तपाईंले कहिल्यै सोच्नुभएको छ ? हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिंड्दा मजा किन आउँछ ? यो यसकारण हुन्छ कि तपाईको निकटता प्रकृतिसँग हुन्छ । जति तपाईं प्रकृतिको साथमा रहनुहुन्छ, तपाईंलाई उत्ति नै खुसी मिल्ने गर्छ ।
सबै जीवित प्राणीहरू धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिंड्दा तपाईंलाई प्रकृतिसँग जोडिने मौका मिल्छ । वैज्ञानिक अनुसन्धानले भन्छ - प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् ।
नाङ्गो खुट्टासहित जमिनमा हिंड्दा धे...