खाली खुट्टा जमिनमा हिंड्नुहोस्, शरीरलाई नसोचेको फाइदा हुन्छ

के तपाईंले कहिल्यै सोच्नुभएको छ ? हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिंड्दा मजा किन आउँछ ? यो यसकारण हुन्छ कि तपाईको निकटता प्रकृतिसँग हुन्छ । जति तपाईं प्रकृतिको साथमा रहनुहुन्छ, तपाईंलाई उत्ति नै खुसी मिल्ने गर्छ ।   सबै जीवित प्राणीहरू धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिंड्दा तपाईंलाई प्रकृतिसँग जोडिने मौका मिल्छ । वैज्ञानिक अनुसन्धानले भन्छ - प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् । नाङ्गो खुट्टासहित जमिनमा हिंड्दा धे...

सम्बन्धित सामग्री

बिहान घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अनेक फाइदा, आँखाको ज्योति बढ्छ

आजको बदलिँदो र भागदौडको जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्न सकिरहेका हुँदैनौँ । यस्तो अवस्थामा बिहान हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अद्भूत फाइदा मिल्छ । बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्दा शारीरिक र मानसिक तनावबाट मुक्ति मिल्छ । साथै, हरियो घाँसमा खाली खुट्टा हिड्दा आँखाको ज्योतिसमेत बढ्छ । यसका साथै मधुमेहका बिरामीले बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नु फाइदाजनक हुन्छ ।बिहान घाँसमा खाली खुट्

घरको सुरक्षामा मार्बल : सजावट र टिकाउपनमा ढुक्क

काठमाडौं । घरको सुरक्षा विभिन्न माध्यमले गर्न सकिन्छ । घरका भित्ता, ग्राउन्ड फ्लोर, भर्‍याङलगायत सुरक्षाका लागि रंग, टायल्स, मार्बल, ग्रेनाइट आदि प्रयोग गरिन्छ । घरको भित्ताको सुरक्षामा बढी रंगको प्रयोग हुन्छ । रंगको टिकाउपना बढीमा १० वर्षसम्म हुने भए पनि लागतको हिसाबले सस्तो मानिन्छ । घरको सुरक्षाका साथै बढी टिकाउनपना र आकर्षक सजावटका लागि मार्बल नै उपयुक्त हुन्छ । घरका फ्लोर, भित्ता, भर्‍याङ, ट्वाइलेट, बाथरुम आदिमा बिछ्याउन मार्बल, टायल्स र ग्रेनाइट प्रयोग गरिन्छ । आर्थिक रूपमा यी सामग्रीको प्रयोग महँगो पर्छ । तर, पनि घरको फ्लोर, भित्तामा यसको प्रयोगले सुरक्षा, आकर्षक र सजावटका लागि अति उपयोगी हुन्छ । मार्बल, टायल र ग्रेनाइट प्रयोग एउटै कार्यका लागि हुन्छ । तिनको विशेषतामा भने केही भिन्नता हुन्छ । यिनीहरूको भिन्नता र विशेषतासम्बन्धी छोटो परिचर्चा सान्दर्भिक हुनेछ । मार्बल सर्वप्रथम मार्बल के हो भन्ने जान्नु त्यसको प्रयोगका लागि आकर्षित हुनु हो । कुनै पनि वस्तुको आवश्यकता, औचित्यबारे ज्ञान भएन भने त्यो वस्तु उपयोगहीन र अर्थहीन हुन जान्छ । मार्बल एक प्रकारको चट्टान (ढुंगा) भए पनि यसको गुण, विशेषता, बनाबटको आधारमा यसको प्रयोग विशेष रहन गएको हो । यसको बनाबटका कारण चम्किलो बनाउन पोलिस गरिन्छ र विभिन्न निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । मार्बल मुख्यतया भवन, स्मारक, भित्री सजावट, मूर्तिकला, टेबल टप्स र नवीनताका लागि प्रयोग गरिन्छ । प्राचीन समय मार्बलबाट आकर्षक घर र मूर्ति बनाउने चलन रहेको पाइन्छ । आधुनिक समयमा भने मार्बल आवश्यकता बन्दै गएरहेको छ । मार्बलबाट विभिन्न सजावटका सामग्री बन्ने गरेका छन् । रेस्टुरेन्ट, क्याफे आदि मार्बलका आकर्षक टेबलले सजिसजाउ देख्न सकिन्छ । मार्बल प्राकृतिक रूपमै विभिन्न रंग र डिजाइनमा उपलब्ध हुन्छन् । मार्बललाई आकर्षक देखाउन पोलिस गरेर सिल्की (चिल्लो) गरी बिभिन्न साइजमा उपलब्ध गराइएको हुन्छ । टायल्स मार्बलजस्तै टायल पनि घरको सुरक्षा र सजावटका लागि प्रयोग हुन्छ । टायल सामान्यतया पातलो, वर्गाकार वा आयातकारमा बनाइएका हुन्छन्, जुन सेरामिक, ढुंगा, धातु, बेक्ड माटो वा सिसाजस्ता कडा खालका सामग्रीबाट बनाइन्छ । तिनीहरू सामान्यतया छत, भुइँ, पर्खाल, किनारा, ट्वाइलेट, बाथरुम ढाक्न प्रयोग गरिन्छ । मार्बल बढी चिल्लो भई लड्ने सम्भावना रहेकाले ट्वाइलेट र वाथरुममा टायलको प्रयोग उपयुक्त मानिन्छ । टुटफुट हुने भएको कारण भ¥याङमा टायल प्रयोग उचित मानिँदैन । टायल प्नि विभिन्न साइज र रंगमा उपलब्ध छन् । आवश्यकताअनुसार सानो वा ठूलो साइजको टायल खरिद गर्न सकिन्छ । टायल मानव निर्मित मार्बल र ग्रेनाइटको विकल्पमा आएको हो । ग्रेनाइट ग्रेनाइट पनि मार्बलजस्तै चट्टान हो । टायल र मार्बलको तुलनामा यो एकदमै महँगो हुन्छ । यसको आकर्षकणले सबैलाई नलोभ्याइरहन सक्दन । सोही कारण यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । ग्रेनाइट एक मोटो दानायुक्त (फनेरिटिक) मिसिएको आग्नेय चट्टान हो, जुन प्रायः क्वार्ट्ज, अल्काली फल्डस्पार र प्लेजियोक्लेजबाट बनेको हुन्छ । ग्रेनाइट ठूल–ठूला आकारमा हुन्छ । यो एक कडा खालको चट्टान भएकाले यसलाई निर्माणमा अत्यधिक प्रयोग गरिन्छ । मार्बल्सको प्रयोगबाट हुने फाइदा प्रयोगको हिसाबले मार्बल सर्वसाधारणको पहुँचमा नहुन सक्छ । तर, फाइदाको दृष्टिकोणबाट यसको प्रयोग अति उत्तम सावित हुँदै गएको छ । मार्बल हाउसका प्रोप्राइटका अनुसार आकर्षक नै यसको मुख्य विशेषता हो । मार्बललाई शुद्धता र स्थिरताको प्रतीकको रूपमा लिइन्छ । सिमेन्ट र रंग दुवै छिटो बिग्रने, लेउ लाग्ने, चुहिने समस्याका कारण मार्बल बिकल्प बन्न गएको हो । यसले घरमा आकर्षण थप्नुका साथै घरका भित्ता र भुइँ फुट्ने, चर्किने समस्याबाट मुक्ति दिलाउँछ । सफा गर्न सजिलो यसको अर्को प्रमुख विशेषता हो । सफा गर्न सजिलो भएका कारण घर सधैं सफा/सुग्घर राख्नमा सहयोग पुग्छ । टुटफुट हुने समस्याबाट मुक्त हुनुका साथै घाम, पानी, हावाहुरीजस्ता बाहिरी वातावरणबाट समेत क्षति नहुने भएकाले घरमा मार्बल प्रयोग निकै फाइदाजनक देखिएको छ । सिमेन्ट, रंगजस्तो मार्बल छिटो बिग्रने हुँदैन । तत्कालका लागि आर्थिक रूपमा केही महँगो देखिए पनि टिकाउको हिसाबले कालान्तरमा यसको प्रयोग किफायती नै हुने देखिन्छ । मार्बल विभिन्न रंगमा पाइन्छन् । प्राकृतिक रंग भएकाले रंगजस्तो छिटो बिग्रने हुँदैन । त्यसैले मार्बल अनन्तकालसम्म सफा, आकर्षक रहिरहन सक्छ । मार्बल प्रयोगबाट फाइदा मात्रै हुन्छ भन्ने होइन । मार्बल चिसो मौसममा अत्यधिक चिसो हुन्छ । चिसोकै कारण खाली खुट्टा हिँड्न सकिँदैन ।

खाली खुट्टा जमिनमा हिंड्नुहोस्, शरीरलाई नसोचेको फाइदा हुन्छ

के तपाईंले कहिल्यै सोच्नुभएको छ ? हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिंड्दा मजा किन आउँछ ? यो यसकारण हुन्छ कि तपाईको निकटता प्रकृतिसँग हुन्छ । जति तपाईं प्रकृतिको साथमा रहनुहुन्छ, तपाईंलाई उत्ति नै खुसी मिल्ने गर्छ ।   सबै जीवित प्राणीहरू धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिंड्दा तपाईंलाई प्रकृतिसँग जोडिने मौका मिल्छ । वैज्ञानिक अनुसन्धानले भन्छ - प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् । नाङ्गो खुट्टासहित जमिनमा हिंड्दा धे...

खाली खुट्टा जमिनमा हिंड्नुहोस्, शरीरलाई नसोचेको फाइदा हुन्छ

के तपाईंले कहिल्यै सोच्नुभएको छ ? हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिंड्दा मजा किन आउँछ ? यो यसकारण हुन्छ कि तपाईको निकटता प्रकृतिसँग हुन्छ । जति तपाईं प्रकृतिको साथमा रहनुहुन्छ, तपाईंलाई उत्ति नै खुसी मिल्ने गर्छ ।   सबै जीवित प्राणीहरू धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिंड्दा तपाईंलाई प्रकृतिसँग जोडिने मौका मिल्छ । वैज्ञानिक अनुसन्धानले भन्छ - प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् । नाङ्गो खुट्टासहित जमिनमा हिंड्दा धे...

नवरात्रमा किन खाली खुट्टा पैदल हिड्ने ? यी हुन् पाँच फाइदा

नवरात्र जारी छ, जसको आफ्नै विशिष्ठ धार्मिक महत्व छ । शरदीय ऋतुको यो मौसम स्वास्थ्यको दृष्टिले पनि उत्तिकै राम्रो मानिन्छ । यस मौसमको अझ बढी फाइदा त त्यसबेला उठाउनुहुन्छ, जतिबेला खाली खुट्टा हिँड्नुहुन्छ । नवरात्रको समयावधीमा …