घरको सुरक्षामा मार्बल : सजावट र टिकाउपनमा ढुक्क

काठमाडौं । घरको सुरक्षा विभिन्न माध्यमले गर्न सकिन्छ । घरका भित्ता, ग्राउन्ड फ्लोर, भर्‍याङलगायत सुरक्षाका लागि रंग, टायल्स, मार्बल, ग्रेनाइट आदि प्रयोग गरिन्छ । घरको भित्ताको सुरक्षामा बढी रंगको प्रयोग हुन्छ । रंगको टिकाउपना बढीमा १० वर्षसम्म हुने भए पनि लागतको हिसाबले सस्तो मानिन्छ । घरको सुरक्षाका साथै बढी टिकाउनपना र आकर्षक सजावटका लागि मार्बल नै उपयुक्त हुन्छ । घरका फ्लोर, भित्ता, भर्‍याङ, ट्वाइलेट, बाथरुम आदिमा बिछ्याउन मार्बल, टायल्स र ग्रेनाइट प्रयोग गरिन्छ । आर्थिक रूपमा यी सामग्रीको प्रयोग महँगो पर्छ । तर, पनि घरको फ्लोर, भित्तामा यसको प्रयोगले सुरक्षा, आकर्षक र सजावटका लागि अति उपयोगी हुन्छ । मार्बल, टायल र ग्रेनाइट प्रयोग एउटै कार्यका लागि हुन्छ । तिनको विशेषतामा भने केही भिन्नता हुन्छ । यिनीहरूको भिन्नता र विशेषतासम्बन्धी छोटो परिचर्चा सान्दर्भिक हुनेछ । मार्बल सर्वप्रथम मार्बल के हो भन्ने जान्नु त्यसको प्रयोगका लागि आकर्षित हुनु हो । कुनै पनि वस्तुको आवश्यकता, औचित्यबारे ज्ञान भएन भने त्यो वस्तु उपयोगहीन र अर्थहीन हुन जान्छ । मार्बल एक प्रकारको चट्टान (ढुंगा) भए पनि यसको गुण, विशेषता, बनाबटको आधारमा यसको प्रयोग विशेष रहन गएको हो । यसको बनाबटका कारण चम्किलो बनाउन पोलिस गरिन्छ र विभिन्न निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । मार्बल मुख्यतया भवन, स्मारक, भित्री सजावट, मूर्तिकला, टेबल टप्स र नवीनताका लागि प्रयोग गरिन्छ । प्राचीन समय मार्बलबाट आकर्षक घर र मूर्ति बनाउने चलन रहेको पाइन्छ । आधुनिक समयमा भने मार्बल आवश्यकता बन्दै गएरहेको छ । मार्बलबाट विभिन्न सजावटका सामग्री बन्ने गरेका छन् । रेस्टुरेन्ट, क्याफे आदि मार्बलका आकर्षक टेबलले सजिसजाउ देख्न सकिन्छ । मार्बल प्राकृतिक रूपमै विभिन्न रंग र डिजाइनमा उपलब्ध हुन्छन् । मार्बललाई आकर्षक देखाउन पोलिस गरेर सिल्की (चिल्लो) गरी बिभिन्न साइजमा उपलब्ध गराइएको हुन्छ । टायल्स मार्बलजस्तै टायल पनि घरको सुरक्षा र सजावटका लागि प्रयोग हुन्छ । टायल सामान्यतया पातलो, वर्गाकार वा आयातकारमा बनाइएका हुन्छन्, जुन सेरामिक, ढुंगा, धातु, बेक्ड माटो वा सिसाजस्ता कडा खालका सामग्रीबाट बनाइन्छ । तिनीहरू सामान्यतया छत, भुइँ, पर्खाल, किनारा, ट्वाइलेट, बाथरुम ढाक्न प्रयोग गरिन्छ । मार्बल बढी चिल्लो भई लड्ने सम्भावना रहेकाले ट्वाइलेट र वाथरुममा टायलको प्रयोग उपयुक्त मानिन्छ । टुटफुट हुने भएको कारण भ¥याङमा टायल प्रयोग उचित मानिँदैन । टायल प्नि विभिन्न साइज र रंगमा उपलब्ध छन् । आवश्यकताअनुसार सानो वा ठूलो साइजको टायल खरिद गर्न सकिन्छ । टायल मानव निर्मित मार्बल र ग्रेनाइटको विकल्पमा आएको हो । ग्रेनाइट ग्रेनाइट पनि मार्बलजस्तै चट्टान हो । टायल र मार्बलको तुलनामा यो एकदमै महँगो हुन्छ । यसको आकर्षकणले सबैलाई नलोभ्याइरहन सक्दन । सोही कारण यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । ग्रेनाइट एक मोटो दानायुक्त (फनेरिटिक) मिसिएको आग्नेय चट्टान हो, जुन प्रायः क्वार्ट्ज, अल्काली फल्डस्पार र प्लेजियोक्लेजबाट बनेको हुन्छ । ग्रेनाइट ठूल–ठूला आकारमा हुन्छ । यो एक कडा खालको चट्टान भएकाले यसलाई निर्माणमा अत्यधिक प्रयोग गरिन्छ । मार्बल्सको प्रयोगबाट हुने फाइदा प्रयोगको हिसाबले मार्बल सर्वसाधारणको पहुँचमा नहुन सक्छ । तर, फाइदाको दृष्टिकोणबाट यसको प्रयोग अति उत्तम सावित हुँदै गएको छ । मार्बल हाउसका प्रोप्राइटका अनुसार आकर्षक नै यसको मुख्य विशेषता हो । मार्बललाई शुद्धता र स्थिरताको प्रतीकको रूपमा लिइन्छ । सिमेन्ट र रंग दुवै छिटो बिग्रने, लेउ लाग्ने, चुहिने समस्याका कारण मार्बल बिकल्प बन्न गएको हो । यसले घरमा आकर्षण थप्नुका साथै घरका भित्ता र भुइँ फुट्ने, चर्किने समस्याबाट मुक्ति दिलाउँछ । सफा गर्न सजिलो यसको अर्को प्रमुख विशेषता हो । सफा गर्न सजिलो भएका कारण घर सधैं सफा/सुग्घर राख्नमा सहयोग पुग्छ । टुटफुट हुने समस्याबाट मुक्त हुनुका साथै घाम, पानी, हावाहुरीजस्ता बाहिरी वातावरणबाट समेत क्षति नहुने भएकाले घरमा मार्बल प्रयोग निकै फाइदाजनक देखिएको छ । सिमेन्ट, रंगजस्तो मार्बल छिटो बिग्रने हुँदैन । तत्कालका लागि आर्थिक रूपमा केही महँगो देखिए पनि टिकाउको हिसाबले कालान्तरमा यसको प्रयोग किफायती नै हुने देखिन्छ । मार्बल विभिन्न रंगमा पाइन्छन् । प्राकृतिक रंग भएकाले रंगजस्तो छिटो बिग्रने हुँदैन । त्यसैले मार्बल अनन्तकालसम्म सफा, आकर्षक रहिरहन सक्छ । मार्बल प्रयोगबाट फाइदा मात्रै हुन्छ भन्ने होइन । मार्बल चिसो मौसममा अत्यधिक चिसो हुन्छ । चिसोकै कारण खाली खुट्टा हिँड्न सकिँदैन ।

सम्बन्धित सामग्री

‘महँगीले चाडपर्व मान्न धौ धौ’

बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ।

पुष्पखेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन

धनगढी । एकवर्ष अघि प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाएको कैलालीको धनगढी उपमहानगरपालिकाले पुष्प व्यवसाय गर्ने कृषकहरुलाई पुष्पखेती प्रविधि तथा पुष्प सजावट सम्बन्धि तालिमको आयोजना गरेको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको सो तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ । तालिममा कृषकले उत्पादन गरेको फूलको बजारीकरण, पुष्प सजावट र पुष्पलाई प्रविधिसँग कसरी जोड्ने ? भन्ने उद्देश्यले उक्त […] The post पुष्पखेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम खर्चमा घर सजावट

भित्तामा सुन्दर रङ : तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिला देखिन्छन् । वालपेपर पनि टाँस्न सकिन्छ । अहिले बजारमा कम...

बन्न बाँकी रहेको ‘मातृभूमि सजावट योजना’

अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पहिले प्यासले मर्छ होला। हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौं दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन। त्यहाँ कतै न कतै पानी त हुन्छ नै। पानीका साथै त्यहाँ जुनसुकै...

काठमाडौंका मिठाइ पसल : सुन्दर सजावट, भान्सा दुर्गन्धित

३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । […]

नाई पसलको लोभलाग्दो सजावट, झुर सेवा

घोराही बजारका अधिकांश नाई पसल अर्थात् जेन्ट्स पार्लरहरु सजावटका हिसावले निकै लोभलाग्दा र राम्रा देखिन्छन् । केही नाई पसलमा एसीसमेत जडान गरिएका छन् । तर नाई पसल जति सजावट गरिएका हुन्छन्, सेवामा भने त्यत्ति सजिन सकेका छैनन् ।झट्ट हेर्दा ‘स्मार्ट’ देखिए पनि सेवामा सुधार आउन सकेको छैन । अधिकांश नाई पसलमा लेबल बिहीन सामान, निर्मलीकरण नगरी कैची, काइँयो र ब्लेड तथा मेसिन प्रयोग गर्दछन् । आइतबार घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको नाई पसल अनुुगमनका क्रममा अधिकांश पसलहरु द

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा

सप्तरी– सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता […]

दशैँका लागि जनकपुरका शक्तिपीठहरू सजावट

सजावट र पूजा व्यवस्थापनका लागि मात्र १० लाखभन्दा बढी खर्च हुने महावीर युवा कमिटीले जनाएको छ ।

यस्ता थिए राजा वीरेन्द्रका निजी विमान र हेलिकोप्टर

राजपरिवारका सदस्यहरूको भीआईपी उडानमा प्रयोग गरिन्थ्यो । निक्कै नै जीर्ण अवस्थामा रहेको विमानमा सामान्य विमानभन्दा अलग सजावट छ ।

फूलको सजावट सिकाउन सात दिने तालिम

कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ। नेदरल्याण्डका पम एक्सपर्ट जानकीले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ। तालिम आजदेखि होटल क्राउन प्लाजामा सुरु…